दफा ९३
सूचना वा जानकारी सार्वजनिक गरेको मानिने
देहायका अवस्थामा कुनै पनि सूचना वा जानकारी सार्वजनिक गरेको मानिनेछ ः– (क) धितोपत्र बजारको विनियम बमोजिम कुनै कुरा लगानीकर्ता र उनीहरुको व्यावसायिक सल्लाहकारलाई सूचीत गर्ने उद्देश्यले प्रकाशित गरेको भएमा, (ख) कुनै अभिलेखमा भएका सूचना वा जानकारीहरु कानून बमोजिम सर्वसाधारणले हेर्न पाउने व्यवस्था भएको भएमा, (ग) धितोपत्र कारोबार गर्न चाहने कुनै पनि व्यक्तिले थाहा पाउन सक्ने गरी धितोपत्र बजारको कारोबार कक्षमा पु¥याउने व्यवस्था भएको भएमा, (घ) त्यस्तो सूचना वा जानकारी प्राप्त गर्न वा हेर्न, प्रतिलिपि प्राप्त गर्न चाहने व्यक्तिले प्राप्त गर्न, हेर्न सक्ने व्यवस्था भएको भएमा, (ङ) सर्वसाधारणमध्ये कुनै खास वर्गलाई मात्र सूचीत गरिएको भएमा, (च) दस्तुर तिरेर मात्र सूचनाको जानकारी प्राप्त गर्ने व्यवस्था भएमा वा नेपाल राज्यबाहिर त्यस्तो सूचना वा जानकारी प्रकाशित भएको भएमा ।